६ कार्तिक ०८०, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन् ।
चीन भ्रमणकै क्रममा मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ पाँच दिने उपचारपछि डिस्चार्ज भएका हुन् ।
उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठका सचिवालयकाअनुसार अस्पतालबाट आज डिस्चार्ज भएको र कार्तिक ८ गते बिहान स्वदेश फर्कने छन् ।
गृहमन्त्री श्रेष्ठ यही कार्तिक ३ गते स्वदेश फर्किने कार्यतालिका रहेको थियो ।
बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएको थियो । लगतै उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो ।