६ असार ०७७, काठमाडौं । गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७ जारी गरेको छ ।
गृह मन्त्रालयले नेपाल सरकार (मन्त्रिपरिषद्)को ०७७ जेठ २८ को निर्णयअनुसार बन्दाबन्दीलाई सहजीकरण गर्ने सम्बन्धमा ८ बुँदे निर्देशिका जारी गरेको हो ।
सो निर्देशिकाको बुँदा नम्बर १ मा बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७ को पृष्ठभूमि र बुँदा नं. २ मा सुरक्षा मापदण्ड, बुँदा नं. ३ मा सुरक्षाकर्मीहरुको परिचालन व्यवस्थापन, बुँदा नंं. ४ मा कोभिड–१९ संक्रमितहरुको व्यवस्थापन, बुँदा नं. ५ मा जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी, बुँदा नं. ६ मा सेवा प्रदायक र सेवाग्राहीको जिम्मेवारी, बुँदा नं. ७ मा नागरिकको दायित्व र बुँदा नं. ८ मा मापदण्ड अवज्ञाको दण्डात्मक व्यवस्था गरिएको छ ।
गृह मन्त्रालयद्वारा जारी बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड :