गोदावरी नगरपालिकाकी उपमेयर अधिकारी श्रीमानको कुटाइबाट घाइते

१९ बैशाख ०७५, ललितपुर । गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी श्रीमानको कुटाइबाट घाइते भएकी छिन् ।

न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर अधिकारीलाई श्रीमान् ध्रुव कुँवरले कुटपिट गरेका हुन् ।

उपमेयर अधिकारीलाई  घरायसी काममा विवाद भएपछि श्रीमान् कुँवरले आफ्नै निवास गोदावरी नगरपालिका वडा नं. ३ टौखेलमा कुटपिट गरेको स्थानीयले बताए ।

उपमेयर अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमानविरुद्ध उजुरी दिएपछि बाँडेगाउँ प्रहरीले कुँवरलाई पक्राउ गरी महानगरीय प्रहरी बृत सातदोबाटोमा बुझाएको प्रहरी निरीक्षक सुन्दर चौलागाईले बताए ।

तपाइको मत