गोरेको बयान सकियो, आजैदेखि थुनछेक बहस हुने

१३ जेठ ०७५, काठमाडौं । गत बुधबारदेखि सुरु भएको सुन तस्करी तथा सनम हत्याकान्डमा मुख्य अभियुक्त चूडामणी उप्रेती ‘गोरे’को बयान आइतबार सकिएको छ ।

मोरङ जिल्ला अदालतमा गोरेको बयान सकिएसँगै गोरेमाथि आजैदेखि नै थुनछेक बहस सुरु हुने बताइएको छ ।

उनलाई बुधबार, बिहिबार  शुक्रबार र आज गरी चार  दिनसम्म बयान लिइएको थियो । गोरे गत मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए ।

तपाइको मत