गौतमलाई लागेको गोली भारतीय सीमा सुरक्षा बलको –

 

३ चैत, काठमाडौं । कञ्चनपुरमा मारिएका गोविन्द गौतमलाई लागेको गोली नेपाल प्रहरीको फरेन्सिक रिपोर्ट अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै भएको देखिएको छ ।

नेपाल प्रहरीको फरेन्सिक रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौंस्थित भारतीय दूताबासलाई दिएको छ ।

भारतीय हस्तक्षेपविरुद्ध उत्रिएका नेपालीहरुमाथि फागुन २६ मा एसएसबीले चलाएको गोली लागेर गौतमको निधन भएको थियो ।

नेपालका राजनीतिक दलहरुले यो घटनामा भारतीय सुरक्षाकर्मी दोषी रहेको भन्दै भारतले नेपाल र नेपाली जनतासामू माफी माग्नु पर्ने बताएका छन् ।

यसबारे नेपाल सरकारका उच्च अधिकारीहरुले भारतीय पक्षलाई पटकपटक ध्यानाकर्षण गराएका छन् । तर, भारतले यसबारे छानविन गर्ने भन्दै फरेन्सिक रिपोर्ट दिन माग गर्दै आएको थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको छ ।

फरेन्सिक रिपोर्टले गौतमको शरीरमा भेटिएको गोली नेपालका कुनै पनि सुरक्षा निकायका हतियारमा प्रयोग हुने नगरेकाे नदेखिएकाे छ ।

तपाइको मत