६ चैत, जनकपुर । प्रहरीले कालोबजारी रोक्न छापा मार्न थालेपछि त्यसको विरोधमा ग्यास बिक्रेताले अनिश्चतकालीन हडताल गर्दै ग्यास बिक्री वितरण ठप्प पारेका छन् ।
यही बिहीबार र शुक्रबार व्यापारीले कालोबजारी गरेको सूचनाका आधारमा जनकपुर उपमहानगरपालिका–७ स्थित पूजा जेनर स्टोर, राम चोकस्थित शोभा टेडर्स तथा भ्रमरपुरा चोकस्थित गोपाल जेनर स्टोर्समा प्रहरीले छापा मारी ३३ थान भरिएको ग्यास सिलिन्डर बरामद गरेको थियो ।
ग्यास बिक्रेता महासङ्घका उपाध्यक्ष गणेशका अनुसार स्थानीय प्रशासनले जथाभावीरुपमा ग्यास बिक्रेता कहाँ छापा मार्न थालेपछि सोको विरुद्धमा अनिश्चतकालीन ग्यास बिक्री वितरण बन्द गरेको बताए । जनकपुरमा १७५ ग्यास विक्रेता छन् भने १५ हजार ग्राहक रहेका छन् ।