१० बैशाख ०७६, काठमाडौं । ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल गौशालाबाट पक्राउ परेका छन् ।
नेपालले घरधनी नरेश कुमार न्यौपानेलाई दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । नेपालले २०७५ मंसीर २१ गते न्यौपानेलाई ६ लाखको चेक दिएका थिए ।
नेपालले चेकको भुक्तानी मितिमा न्यौपानेले ६ लाख रुपैया बुझेको तर न्यौपानेले चेक ल्याउन विर्सिएकाले भोलि चेक फिर्ता गर्छु भनेको तर फिर्ता नगरी आफूलाई फसाउन काम गरेको बताए ।
नेपाललाई बैकिङ कसुरमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













