२५ कार्तिक ०७५, कास्की । तनहूँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा यात्रुवाहक बस पल्टिँदा १९ जना घाइते भएका छन् ।
आइतबार भीमादबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ५८४७ नम्बरको यात्रुवाहक बस उकालोमा अर्को बसलाई साइड दिँदा भिरबाट करिब २० मिटर तल खस्दा बसमा सवार १९ बढी यात्रु घाइते भएको ट्राफिक प्रमुख कृष्णबहादुर क्षेत्रीले बताए ।
घाइतेमध्ये ९ जना को रत्नहरी अस्पतालमा, ३ जनाको दमौली अस्पतालमा उपचार भइरहेका छ भने ७ जनाको थप उपचारका लागि पोखरा पठाइएको क्षेत्रीले बताए । दुर्घटनामा परेका घाइतेहरुको प्रहरी र स्थानीयको सहायतामा उद्धार गरिएको थियो ।
बसमा ३५ यात्रु सवार रहेको र बसका चालक भने सम्पर्कबाहिर रहेको ट्राफिक प्रमुख क्षेत्रीले बताए ।