२७ बैशाख ०७४, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अाफू र आफ्नो टिमले बिवादित एलईडी बल्ब खरिद प्रक्रियामा भ्रष्टाचार नगरेको बताउँदै एक रूपैयाँ भ्रष्टाचार गरेकाे भए झुण्डिनसम्म तयार भएकाे बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएपछि लाेडसेडिङ मुक्त अभियानमा लागेका कुलमान घिसिङलाई पछार्ने अस्त्र नपाएका बिजुली भ्रष्ट, बिजुली माफियाहरूले पछिल्लाे पटक एलईडी बल्ब खरिद प्रक्रियामा उनलाई भ्रष्टाचारी दर्ज गर्न सञ्चारमाध्यम प्रयाेग गरेर उफ्रिएसँगै घिसिङले पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका छन् ।
पत्रकार सम्मेलनमा घिसिङले अाफू र आफ्नो टिमले एलईडी बल्ब खरिद प्रक्रियामा एक रूपैयाँ भ्रष्टाचार गरेकाे भए झुन्डिनसम्म तयार भएकाे बताउँदै गर्दा बिजुली भ्रष्ट, बिजुली माफियाहरूबाहेक उज्यालाे चाहने सबै नतमस्तक बनेका थिए ।
कुलमानको टीमको देश उज्यालो पार्ने अभियानका दौरान, केही मिडियामा भने बडो अनौठो खालको ब्याकुलता सुरुवातदेखि नै देखिए पनि घिसिङले असत्य सावित गराए ।
केही मिडियाले जति-जति उज्यालो अभियान सफल हुँदै थियो, त्यति त्यति आज बेलुकाबाट लोडसेडिङ हुन्छ, भोलि बेलुकाबाट लोड्सेडिङ हुन्छ, हैन पर्सीबाट हुन्छ, ए हैन कुलेखानीको पानी रित्ताए, लौ बर्बाद भयो अब हिउँदमा कत्ति पनि बिजुली हुन्न आदि इत्यादि नकारात्मक समाचार निरन्तर प्रकाशित गरे ।
पछिल्लो पटक घिसिङको टीममाथि ठूलो आर्थिक चलखेल गरेको ठोस प्रमाण नै भेटे झै गरी आरोप लाग्यो । तर, यी आरोपहरु कालान्तरमा असत्य सावित भए ।
जे हाेस् घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएपछि इन्भर्टर र कालाबजारीसँग नेपाल विद्युत प्राधिकरणको पुरानो टिमको गठजोड देख्न पनि पायौं ।
यस्तो अवस्थामा अँध्यारो बेचेर करोडौं कमाउने कालाबजारीया, बिचौलिया, दलालहरू, बिजुली बेचुवाहरूकाे निन्द्रा खाेसिएकाे छ भने घिसिङको टीमको कठोर इच्छा शक्ति र स्वच्छ छविलाई जनताले सलाम गरिरहेका छन् ।
यहाँ गम्भीर प्रश्न उठेकाे छ, घिसिङले सार्वजनिक रुपमा उभिएर एक रुपैयाँ तलमाथि भ्रष्टाचार गरेकाे पुष्टि भए म झुण्डिन तयार छु भनिरहँदा, आरोप पुष्टि नभएको खन्डमा आरोप लगाउनेहरू पनि झुण्डिन तयार हुनुपर्ने कि नपर्ने ?