२२ बैशाख ०७९, ओखलढुङगा । लिखु गाउँपालिका–८ टार केराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ ।
देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको बेला चट्याङ लागेको थियो ।
प्रहरीले दिएको जानकारीअनुसार चट्याङ लागेर घाइते भएका उनको तामाकोशी अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मेघबहादुरलाई थप उपचारका लागि ललितपुरको पाटन अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।