११ चैत्र ०७५, काठमाडौं । प्रतिबन्धित चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) र भेरी कर्णाली वुद्धिजीवि परिषदका इन्चार्ज धनराज शाही पक्राउ परेका छन् ।
प्रहरीले श्रेष्ठलाई आइतबार साँझ मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको वयरवनबाट र शाहीलाई कालिकोटको रातागामबाट सोमबार पक्राउ गरेको हो ।
सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ । श्रेष्ठ मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत थिए भने शाही विप्लव समूहको कालिकोट जिल्ला जनसरकार प्रमुख समेत हुन् ।