काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार एक फिल्मको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरेर पदभार सम्हालेका छन् ।
पदभार ग्रहणसँगै अध्यक्ष डिसीले जिन्दगीमा आफूले धेरै बोल्ने काम गरेको बताउँदै बोर्डमा आफू काम गर्न आएको बताए ।
“यसपटक मेरो एउटै स्टेटमेन्ट, म जागिर खान हैन, काम गर्न आएको हुँ” उनले भने, “बोल्ने काम जिन्दगीमा धेरै गरियो । बोलेरै चलचित्र निर्देशन, निर्माण गरेको हो । खेलेको हो । यो पटक चाहिं म काम गर्न आएको छु ।”