५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार आयुक्तका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चार आयुक्तको नियुक्ति संविधानले तोकेको योग्यताअनुसार नहुनुका कारणसहित १५ दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
अधिवक्ता दक्षबहादुर क्षेत्रीले मंसिर २ गते आयोगका आयुक्त दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी र सावित्री थापा गुरुङको नियुक्ति कानुनसम्मत नभएको भन्दै निवेदन दायर गरेका थिए ।