१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार आयुक्तको नियुक्ति संविधानले तोकेको योग्यतानुसार नभएको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ ।
आयोगका आयुक्त दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी र सावित्री थापा गुरुङको नियुक्ति कानुनसम्मत नभएको भन्दै अधिवक्ता दक्षबहादुर क्षेत्रीले निवेदन दायर गरेका हुन् ।
रिट निवेदनमा संविधानले तोकेको कानुन, राजस्व, लेखा सङ्कायमा २० वर्षको योग्यता हुनुपर्ने उल्लेख भएको तर आयोगका चार आयुक्तमा सो योग्यता नभएको जिकिर गरिएको छ ।