१५ बैशाख ०७७, काठमाडौं । ट्याक्सी चालक नविना खड्काले निजी खर्चमा दृष्टिविहीन साथै अशक्तहरूलाई राहत वितरण गरेकी छन् ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन समय थप्दै गएपछि काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टुसाल नौतलेमा रहेका १५ परिवारलाई अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य खडकाले राहत वितरण गरेकी हुन् ।
सरकारले एकद्वार प्रणालीबाट स्थानीय तह र वडामार्फत् राहत वितरण गरेको बताइरहँदा लक्षित वर्गले राहत नपाएपछि उपत्यका ट्याक्सी बिशेष समिति कोषध्यक्ष समेत रहेकी नेतृ खड्काले सडकमा बसेर गीत गएर गुजारा चलाउने अशक्त र दृष्टिबिहीनहरुसम्म सरकारको दृष्टि नपुगेको जानकारी पाए लगतै निजी खर्चमा करिब १० दिनलाई पुग्ने दाल, चामल, तेल र नुन दिइएको बताइन् ।
अखिल नेपाल यातायात मजदुर संघ समेतको पहलमा मजदुर नेत्री खडकाले लकडाउन अवधिमा सयौं यात्रुहरुलाई गन्तव्य पु-याउनेदेखि एकसयभन्दा बढी बिरामी, अशक्त साथै एकल तथा सुत्केरी महिलाहरुलाई अस्पताल लैजाने र ल्याउने कार्यमा सहयोग गर्नुका साथै असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सहयोग गरेकी छन् ।
नेत्री खडकाले आइतबार वितरण गरेकोराहत कार्यक्रममा उपत्यका ट्याक्सी संगठनका उपाध्यक्ष रविन्द्र भुपाल प्रधान र यातायात मजदुरका केन्द्रीय उपाध्यक्ष दिपक केसीको उपस्थिति थियो ।
अन्टुफ झापाद्वारा एक सय ७७ जना ढुवानी श्रमिकलाई राहत वितरण
अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ इन्चार्ज भुपाल सापकोटाले दैनिक ज्यालादारी, मजदुरी गर्ने ढुवानी मजदुर संघमा आवद्ध १एक सय ७७ जनालाई राहत उपलब्ध गराएको बताएका छन् ।
अन्टुफ झापाले लकडाउनका कारण अखिल नेपाल ढुवानी मजदुर संघमा आवद्ध १७७ जना श्रमिकलाई खाद्यान्न वितरण गरेको इन्चार्ज सापकोटाले जानकारी दिए ।