चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

२६ असार, काठमाडौं । मन्त्रिपरिषद्को आइतबरको बैठकले चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति दिएको छ ।

यो विधेयकले डा. गोविन्द केसीले उठाएका अधिकांश माग पुरा गर्न शिक्षा मन्त्रालयको दाबी छ । डा. केसीले भने विगतका प्रतिवद्धता कार्यान्वयन लगायतका माग राख्दै आइतबार नै अनसन सुरु गरेका छन् ।

मन्त्री परिषद बैठकले शूल्क निर्धारण गर्न समिति गठन समेत गरेको छ । एमबीबीएस लगायतको शूल्क निर्धारण गर्न शिवकुमार राईको नेतृत्वमा काठमाडौं विश्वविद्यालयका राजेन्द्र कोजू, डा. भोला रिजाल, त्रिभुवन विश्वविद्यालय र चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन, जगदिशचन्द्र अग्रवाल, महेश गुरागाई र शिक्षा सहसचिव रहने गरी शूल्क निर्धारण गर्न समिति गठन गरिएको हो ।

तपाइको मत