चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आगजनी

२८ कार्तिक ०७५, भरतपुर । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेका छन् ।

विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल गेट र परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् ।

निजी कलेजलाई दिइएको सम्बन्धन दिई र भर्ना खुल्ला गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन् ।

आगजनीबाट परीक्षा नियन्त्रण कार्यालयको तल्लो तला क्षतिग्रस्त बनेको छ भने विश्वविद्यालयका झ्यालका सिसासमेत फुटाएर क्षति गरेका छन् ।कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले कार्यालयभित्र टायरसमेत लगि पेट्रोल छर्किएर आगो लगाएकाले लाखौंको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आगजनी गरेको आरोपमा सुदर्शन खराल, चन्दन केसी, उमेश थापा, ज्ञानेन्द्र राई, अरुण चपाई, किरणा रोकामगर, प्रवेश आचार्य, अनिल अधिकारी, दिनेश भट्ट, मुक्ति भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

तपाइको मत