चितवन विकासको लागि प्याकेज ल्याउने प्रधानमन्त्रीकाेे प्रतिबद्धता

२६ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको समग्र विकासको लागि छिट्टै प्याकेज ल्याउने बताएका छन् ।

मंगलबार मेघौलीमा रहेको साना शहरी खानेपानी आयोजना उदघाटन गर्दै प्रधानमन्त्रीले प्रचण्डले चितवनबासीलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन तारजालीको व्यवस्था गर्ने र मेघौली एयरपोर्ट पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

उनले नारायणगढ-गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माण गर्ने, बन्यजन्तुको आक्रमणबाट संरक्षणका लागि तारजालीको व्यवस्था गरिने, ठोरीदेखि केरुङसम्म जोड्ने बाटो निर्माणका लागि सरकारको तर्फबाट पहल भइरहेको बताए ।

‘चितवनको विकासका निम्ति सधैं साथमा छु’ प्रचण्डले भने, छिट्टै चितवनको विकासको प्याकेज ल्याउनेछु ।’

नारायणी नगरपालिका वडा नम्बर ३ बुद्धनगरमा तीन वर्षअघि निर्माण थालिएको सो खानेपानी आयोजना १७ करोड २० लाख आठ हजार रुपैयाँको लागतमा बनेको हो ।

तपाइको मत