चिनियाँहरुले स्वास्थ्य राम्रो बनाउने बहानामा आफ्नै पिसाब पनि पिउन थाले !

१९ असार, काठमाडौं । चीनमा स्वास्थ्य राम्रो बनाउने बहानामा चिनियाँहरुले आफ्नै पिसाब पनि पिउन थालेका छन् ।

Urine drink

चीनको उहान सहरको कंगयुयुयान क्षेत्रमा शरीरलाई स्वस्थ राख्नका लागि भन्दै चिनियाँहरुले आफ्नै पिसाब पिउन प्रोत्साहन गर्न सन् २००८ मा  “चिनिया युरिन थेरापी एसोसिएसन” नाम गरेको संस्था नै स्थापना गरेका छन् ।

बाओ याफु र यी डोंगसान नामका दुई व्यक्तिले पिसाब पिउने यो अभियनको सुरुवात गरेसँगै यो संस्थासँग आबद्ध सबै मानिसहरुले आफ्नै पिसाब पिउने गरेका छन् ।

बाओ याफु र यी डोंगसान हरेक दिन बिहान-बिहान चिनिया युरिन थेरापी एसोसियसनको बाथरुममा छिरेर कपमा पिसाब गर्दछन् र पिसाब लिएर बाहिर आउँछन् र कपको पिसाब सनक्क पिउँछन् । पिसाब पिइसकेपछि निकै स्वादिलो पो छ त भनेर आपसमा गफिन्छन् पनि ।

युरिन थेरापी एसोसिएसन नामक संस्थाका अनुसार मानिसको पिसाबले घाउ, कब्जियत लगायतका रोगबाट मुक्ति दिलाउँदछ । मुख तथा आँखा पनि सफा गर्दछ । अनुहारमा चमक ल्याउँछ । आँखाको ज्योति गुम्न दिदैन । स्मरण रहोस्, भारतका पूर्व प्रधानमन्त्री मोरारजी देसाइले समेत आफ्नै पिसाब पिउँदथे ।

चीनको स्वास्थ्य मन्त्रालयले  “चिनिया युरिन थेरापी एसोसिएसन” नाम गरेको संस्थालाई अहिलेसम्म मान्यता दिएको छैन् ।

तपाइको मत