१० चैत ०७६, काठमाडौं । संसदीय सुनुवाई समितिले सोमबार चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम अनुमोदन गरेको छ ।
मन्त्रिपरिषदको गत फागुन १८ गते बसेको बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेसँगै आज उनको नाम अनुमोदन भएको हो ।
पाण्डेले संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा चीनमा भइरहेको कोरोनासम्बन्धी अनुसन्धानमा नेपालीलाई संलग्न गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले आफू राजदूत भएर चीनमा रहँदा कोरोना जस्ता रोगहरुको अनुसन्धान कार्यमा नेपालीलाई संलग्न गराउन पहल गर्ने र यसले भविष्यमा विपद आउँदा नेपालले विश्व समुदायलाई योगदान गर्न सक्ने बनाउन पहल लिने बताएका छन् ।