१४ पुस, काठमाडौं । चीनले नेपाललाई एक बिलियन यूआन अनुदान सहयोग दिने भएको छ ।
चीनले स्याप्रुवेशी-रसुवागढी सडकको स्तरोन्तति गर्न, सिभिल अस्पतालको स्तरोन्नति तथा पुनर्निर्माण र भूकम्प पछिको पुनर्निर्माणमा सो रकम सहयोग उपलब्ध गराउने भएको हो ।
बेइजिङमा बिहीबार अनुदान रकम दिने सम्झौतामा दुबै देशका अधिकारीले हस्ताक्षर गरेका छन् ।
बेइजिङस्थित नेपाली दूतावासले जनाएअनुसार सम्झौता पत्रमा चिनियाँ वाणिज्य राज्यमन्त्री झ्याङ सियाङचेन र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले हस्ताक्षर गरेका छन् ।