२९ चैत ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावमा सत्ता गठबन्धनमा तालमेलका लागि जोड दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार जारी गरेको विशेष परिपत्रमा तालमेललाई प्राथमिकता दिइएको छ भने एक्लै लड्नुपर्ने अवस्थामा केन्द्रको स्वीकृति लिन भनिएको छ ।
‘गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने,’ परिपत्रमा भनिएको छ, ‘केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पार्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने ।’