चूडामणिको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई स्थगित गरी मिसिल झिकाउन आदेश

८ साउन ०७४, काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दाको सुनुवाई आज स्थगित गरी मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।

सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दाको कागजात झिकाएर मात्रै सनुवाई गर्ने निर्णय गरेको हो ।

आइतबार शर्माकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको  न्यायाधीशहरु दीपकराज जोशी, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलासले मिसिल झिकाउन आदेश दिएको हो ।

कर फछ्र्यौट गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बढी मुद्दा दायर गरेको छ ।

शर्मापत्नीले भने कर फछ्र्यौट आयोगले गरेको निर्णयमा प्रश्न उठाउन नपाउने भन्दै बन्दीप्रत्यक्षीकरण रिट हालेपछि सर्वोच्चले यसअघि नै मुद्दा यथास्थितिमा राख्न भनेको छ ।

तपाइको मत