३१ भदौ ०८०, सप्तरी । राजविराजमा शनिबार सहकारी केन्द्र सप्तरीको जिल्ला भेला सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश इन्चार्ज लीलामणि पोखरेलको प्रमुख अतिथिमा भएको भेलाले चेत नारायण महतोको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।
महतोको अध्यक्षतामा गठित जिल्ला समितिको उपाध्यक्षद्वय राजु यादव, लक्ष्मी चौधरी, सचिव संजय सिंह, सहसचिव ममतादेवी माझी, कोषाध्यक्ष बिरेन्द्र्र यादव रहेका छन ।
यस्तै सदस्यहरु सुरेन्द्र्र यादव, बल बहादुर महतो, राजनारायण साह, राजकुमार महतो, इनरदेव खत्वे लगायत रहेका छन ।
उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले सहकारी सिद्घान्त, उद्देश्यअनुसार नचलेको कारण कतिपय सहकारी धरासायी भएको बताए ।
उनले बचतकर्ताको निक्षेपलाई उत्पादनमुलक कार्यमा नलगाएको कारण मुलुकमा कतिपय सहकारीले बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकेको बताउँदै बचतकर्ताको निक्षेपलाई उत्पादनसँग जोडनु पर्नेमा जोड दिए ।
यस्तै जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने मूल नाराका साथ पार्टीले सुरुगरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’मा सबैलाई जोड्न आग्रह गर्दै विभिन्न कार्यक्रममार्फत् पार्टी सहिद, बेपत्ता परिवारमा पुग्नु पर्ने बताए ।
कार्यक्रममा तीन महिने अभियानका सप्तरी इन्चार्ज महेन्द्र पासवान, छेदी रजक, सहकारी केन्द्र नेपालका उपाध्यक्ष हिरा थापा, महासचिव ईश्वरी पाण्डे, मधेस प्रदेस अध्यक्ष मिश्रीलाल सहनी, दिपेन्द्र्र माझी, विनोद यादव लगायतले मन्तब्य राखेका थिए ।