काठमाडौं । नेपालले शनिबार भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १-० को जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा बिमल घर्ती मगरको पासमा बिक्रम लामाले प्रहार जापानी गोलरक्षकले बल रोके पनि नियन्त्रणमा लिन सकेनन् र त्यही मौकाको सदुपयोग गर्दै नवयुग श्रेष्ठले ५८ औं मिनेटमा गोल गरे ।
नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अबसरमा आयोजित उक्त मैत्रिपूर्ण च्यारिटी खेलमा दुबै पक्षबाट बाँकी समयमा कुनै गोल हुन नसकेपछि नवयुगको उक्त गोल नै नेपालका लागि विजयी गोल बन्न पुग्यो ।