१५ साउन ०७७, सिराहा । जिल्लाको सिराहा नगरपालिकामा ५० वर्षीय झगरु मुखियाको कल्भर्टमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाले सिराहा नगरपालिका १० का मुखियाको पदमपुरबाट नरैया जाने भित्रि सडकखण्डको कल्भर्टमा डुबेर मृत्यु भएको बताएको छ ।
प्रहरीले उनको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जानकारी दिएको छ ।
यस्तै रौतहटमा ३३ केभी प्रसारण लाइनको तार चुडेपछि करेन्ट लागेर गौर–४ की ७० वर्षीया शान्ती देवी पाण्डेको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले बिहान चिया खान पसलमा गएकी पाण्डेले बाटो काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण ती महिलाको ज्यान गएको भन्दै स्थानीयले लापरवाही गर्ने कर्मचारीलाई कारवाहीको माग गरेका छन् ।
गौर-चन्द्रपुर जोड्ने मुख्यसडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसेको थियो ।