छुवाछुत र जातीय विविधतालाई शक्तिमा रुपान्तरण गर्न मधेशमा क्षमा अभियान

११ असार, काठमाडौं । हिमाल, पहाड, तराई–मधेशमा त्यहीँका सामन्त, जमिनदार, कुलीन वर्ग साथै कथित उच्च जाति भन्नेहरुबाट निम्न वर्ग र साना भनिने जाति हेपिएका कुरा नौलो होइन् । यद्यपि अहिले मधेशभित्र छुवाछुत, दाईजो प्रथा, धार्मिक विविधता र जातीय विविधतालाई  सकारात्मक तथा शक्तिको रुपमा रुपान्तरण गर्न क्षमा अभियान अन्तरगत विभिन्न जातजातिलाई जोड्ने प्रयास भइरहेको छ ।

क्षमा अभियानका अभियन्ता अधिवक्ता दिपेन्द्र झाले पूर्वी मधेशको सप्तरी र सुनसनरी जिल्लाका मुसहर तथा मुस्लिमहरुलाई यस अभियानसँग जोड्ने प्रयास गरेका छन् ।

अधिवक्ता दिपेन्द्र झाले मधेश र मधेशीको अधिकार माग्दा राज्य र गैरमधेशी पक्षले मधेशभित्रको विविधतालाई कमजोरीको रुपमा प्रस्तुत गर्दै सम्पूर्ण मधेशीलाई अधिकार दिनबाट आनाकानी गरेकाले मधेशभित्रको विविधतालाई जोड्न दलितको घरको खाना कथित ठूला जातले नखाने गरेको अफवाहलाई तोड्न दलितहरुको घर-घरमा पुगेर क्षमा माग्दै खाना खाएको बताएका छन् ।

क्षमा अभियानलाई केही व्यक्तिहरुले सकारात्मक भन्दै प्रसंशा गरेका छन् भने केहीले यस अभियानको आलोचना गर्दै मधेशमा आफ्नो गिरेका साख जोगाउन र दलितहरुलाई प्रयोग गरी सत्तामा पुग्ने भ¥याङ्गको खोजी भइरहेको अभिव्यक्ति दिएका छन् ।

तपाइको मत