जनकपुरमा चुनावी सभा सम्बोधन गर्दागर्दै निधि अस्वस्थ

२९ भदौ ०७४, काठमाडौ । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि चुनावी सभा सम्बोधन गर्दागर्दै अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

बिहीबार बिहान जनकपुरमा  कांग्रेसका उम्मेदवारहरुसँगै र्‍यालीमा सहभागी भएका निधिले जनकचोकमा सभालाई सम्बोधन गर्दागर्दै अस्वस्थ बनेका हुन् । उनको अवस्था बिग्रिएपछि जनकपुर अञ्चल अस्पताल भर्ना गराइएको छ ।

जनकपुर अञ्चल अस्पतालका डा.जामुन प्रसाद सिंहका अनुसार खानपान समयमा नहुँदा ग्यास्ट्रिकको समस्याले अस्वस्थ्य भएका निधिलाई ग्यासको समस्याले घाममा मुर्छा परेको बताए ।

उपचारपछि उनलाई अरामका लागि घर लगिएको नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवले बताए ।

 

तपाइको मत