जनकपुरमा प्रहरी र स्थानीय युवाहरूबीच झडप

३० जेठ ०७५, जनकपुर । गत शुक्रबार जनकपुरमा शल्यक्रिया गरी सुत्केरी भएपछि उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर प्रहरी र स्थानीय युवाहरूबीच झडप भएको छ ।

जनकपुर उपमहानगरपालिका -१ पुलचोककी २५ वर्षीया सोनियादेवी ठाकुरको शल्यक्रिया गरी सुत्केरी भएपछि उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर प्रहरी र स्थानीय युवाहरूबीच  झडप भएको हो ।

बुधबार बिहानैदेखि युवाहरू जनकपुरका भानुचोक र जनकचोकमा नाराजुलुसमा उत्रिएपछि स्थिति तनावपूर्ण भएको  थियो । उनीहरुले जनकपुर अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने र मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीले करिब १५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

 

तपाइको मत