८ भदौ, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण जनपकुर वितरण केन्द्रलेे जनकपुर उपमहानगरपालिका सहित आसपासका क्षेत्रमा रहेका सरकारी कार्यालयबाट ३४ करोड भन्दा बढी महशुल असुल्न बाँकी रहेको देखिएको छ ।
नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र कार्यालयका प्रमुख इन्जिनियर जितेन्द्र कुमार झाकाअनुसार जनकपुर उपमहानगरपालिका सहित आसपासका क्षेत्रमा रहेका सरकारी कार्यालय, अस्पताल, उद्योग, सडक बत्ति, कलकारखाना, कलेज तथा नसिंर्ंगहोमहरुले लामो समयदेखि विद्युत महशुल नबुझाएपछि ३४ करोड भन्दा बढी महशुल रकम बक्यौता रहेको हो ।
विद्युत महशुल नबुझाउनेको लाइन काट्ने अभियान चलाइए पनि जनकपुर वितरण केन्द्रलेे ३४ करोड बढी रकम उठन सकेको छैन ।
जानकी मन्दिरको लाइन काटियो
प्राधिकरणले लामो समयदेखि विद्युत महशुल नबुझाएपछि जानकी मन्दिरको बिजुली काटेको छ । लाईन काटिए पनि मन्दिरले विद्युत महशुल बुझाउन चासो नदेखाउँदा बिजुलीको लाईन अनिश्ति बनेको छ ।
यसैगरी पछिल्लो एक वर्षमा नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले विद्युत प्रयोग गरे वापतको महशुल नबुझाउने ५ सय ६० ग्राहकको लाईन काटेको छ । महशुल असुलेपछि मात्र लाईन जडान गरिने प्राधिकरण कार्यालयले जनाएको छ ।
अस्पतालले १९ महिनामा ५६ लाख भन्दा बढी बुझाउनु पर्ने, २५ लाख बुझाएपछि लाइन जोडियो
जनकपुर अञ्चल अस्पतालले विद्युत प्राधिकरणलाई २५ लाख महशुल बझाएपछि लाईन जोडिएको छ । अस्पतालले विद्युत उपयोग गरेवापत प्राधिकरणलाई पछिल्लो १९ महिनाको ५६ लाख ४८ हजार २ सय ९४ रुपैयाँ नतिरेपछि प्राधिकरणले सोमबार लाईन काटेको थियो ।
प्रमुख इन्जिनियर जितेन्द्र कुमार झाकाअनुसार अस्पतालले तत्काल २५ लाख बुझाएको छ । बाँकी बक्यौता रकम पनि छिट्टै बुझाउने सहमति पछि लाईन जाडिएको हो ।