जनताको जीवनमा यो व्यवस्थाले केही परिवर्तन ल्याउन सक्दैन – डा.बाबुराम भट्टराई

१२ साउन, विरेन्द्रनगर । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जनताको जीवनमा यो व्यवस्थाले केही परिवर्तन ल्याउन नसक्ने बताएका छन् ।

bhattarai

६ नं. प्रदेशको बैठक तथा राष्ट्रिय भेलाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘अहिलेको व्यवस्थाले प्रचण्डको नेतृत्वमा सरकार बन्ला, यसपछि शेरबहादुर आउलान्, त्यसपछि अर्का बहादुर आउलान् तर, जनताको जीवनमा यो व्यवस्थाले केही परिवर्तन ल्याउन सक्दैन ।’

भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक व्यवस्थापिका संसदका लागि केन्द्रदेखि नै अभियान चलाउने बताएका छन् ।

नयाँ शक्तिलाई जिउँदो माछासँग तुलना गर्दै भट्टराईले ‘मरेको माछा पानीको बहावतिर मात्र बग्ने’ भन्दै ‘जिउँदो माछा आफ्नो इच्छा र आवश्यकता अनुसार पानीको बहावविरुद्ध पनि पौडिन सक्ने’ बताए ।

डेढ वर्षभित्र निर्वाचन गर्नै पर्ने भन्दै भट्टराईले त्यसमा हजारौं पदहरु सिर्जना हुने भएकोले सबैलाई तयार हुन र सामाजिक मान्छेहरुलाई वैकल्पिक राजनीतिमा लाग्ने वातावरण बनाउन साथै निर्वाचनका लागि आफूलाई तयारी अवस्थामा राख्न निर्देशन गरे ।

तपाइको मत