१ फागुन ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई माओवादीको मात्रै नभई नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् ।
जनयुद्धले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक भूमिका खेलेको बताउँदै उनले यस्तो बताएका हुन् ।
जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले फागुन १, ऐतिहासिक दिन भएकाले वैधानिक तवरबाट स्थापित गर्न सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिएको बताए ।
प्रचण्डले भने, ‘यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले यसलाई वैधानिक तवरबाट स्थापित गरिनुपथ्र्यो ढिलै भएपनि नेपाल सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेर एक दिन सार्वजनिक विदा दिने निर्णय गरियो ।’