१० भदौ ०७८, काठमाडौं । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ ।
बयोधा अस्पतालमा उपचारत् ७८ वर्षीय
जुठबहादुर खड्की ‘जेबी टुहुरे’काे बिहीबार निधन भएको हो ।
भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएका टुहुरेलाई परिवारका सदस्यले तत्कालै अस्पताल पुर्याएका थिए ।
उनको उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हात, खुट्टा चल्न छाडेको थियो ।