जनार्दन शर्मा अर्थमन्त्री नियुक्त : राष्ट्रपतिसमक्ष लिए सपथ

१५ साउन ०७९, काठमाडौं । अर्थमन्त्रीमा नियुक्त जनार्दन शर्माले आइतबार पदभार ग्रहण गरेका छन् ।

नवनियुक्त अर्थमन्त्री शर्माले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपतिसमक्ष सपथ लिए लगत्तै शर्मा सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

अनधिकृत व्यक्तिले बजेटमा करका दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति बनेपछि शर्माले २२ असारमा राजीनामा दिएका थिए ।

तर, समितिले अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएपछि माओवादीले शर्मालाई पुनः अर्थमन्त्रीमा सिफारिस गरेको थियो ।