२९ जेठ ०७४, काठमाडौं । असार १४ गते तोकिएको स्थानीय तह दोस्रो चरण निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) को सहभागिता निश्चित नभएपछि गृहमन्त्रालयले उक्त दल सहभागी हुँदा र नहुँदाको अवस्थालाई ध्यानमा राखेर अलगअलग सुरक्षा रणनीति बनाएको छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।
सरकारले राजपालाई चुनावमा ल्याउन स्थानीय तह निर्वाचन र दल दर्तासम्बन्धी ऐन संशोधन तथा स्थानीय तह संख्या थप्न सर्वोच्च अदालतमा परेको रिट निष्क्रिय पार्न निवेदन दर्ता गराए पनि उसले निर्वाचन बिथोल्न आन्दोलन घोषणा गरेको छ ।
त्यसैले गृहले राजपा सहभागी नहुँदा अपनाउने सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ ।