७ जेठ ०७९, धनगढी । कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष दुबै पदमा विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरीया विजयी भएकी हुन् ।
गाउँपालिका अध्यक्षमा विजयी भएका चौधरीले ७ हजार १५१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार परशुराम कठरीयाले ५ हजार २४२ मत प्राप्त गरेका छन् ।
यसैगरी गाउँपालिका उपाध्यक्षमा ६ हजार ५६२ मत प्राप्त गरी नागरिक उन्मुक्ति पार्टीकी लालमतीदेवी कठरीया विजयी भइन् । उनीसँग नेकपा एमालेकी उम्मेदवार गीता चौधरी १ हजार ७०४ मत अन्तरले पराजित भइन् । चौधरीले ४ हजार ८५८ मत पाएकी छन् ।
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी कैलालीका टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा यसअघि नै विजयी भइसकेको छ ।