जिउँदा राँगाभैंसी प्रतिवन्ध लगाउने सरकारको पूर्व घोषणा असफल

२ साउन, काठमाडौं । साउनदेखि राजधानीमा जिउँदा राँगाभैंसी ल्याउन प्रतिवन्ध लगाउने सरकारको पूर्व घोषणा असफल भएको छ ।

Buffalo

पूर्व घोषणा अनुरुप सरकारले साउन १ गतेदेखि नै कार्यान्वयनमा लैजाने भन्दै राजधानीमा जिउँदा राँगा भैंसी ल्याउन प्रतिवन्ध लगाउने तयारी गरेको थियो । तर,  एकैपटक प्रतिवन्ध लगाउन समस्या परेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले साउन १ गतेदेखि प्रतिवन्ध लगाउने तयारी भएपनि जिल्ला तहमा त्यसका लागि आवश्यक पूर्वाधार तयार नहुँदा समस्या भएको भन्दै चरणबद्ध रुपमा प्रतिवन्ध लगाउने बताए ।

अहिले जिल्लामा रहेका पशु बधशालाहरुले काठमाडौंमा मासुको आपूर्ति धान्ने गरी पशु बध गर्ने क्षमता राख्दैनन् भने मासु व्यावसायीले पनि प्रतिवन्ध नलगाउन दबाव दिएका थिए ।

तपाइको मत