१० भदौ ०७६, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारू २५ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले उनलाई कलैया भान्साघर कलैया बाराबाट उक्त रकमसहित सोमबार रङ्गेहात पक्राउ गरेको हो ।
फेटा गाउँपालिका, गाँउ कार्यपालिकाको कार्यालय, बारामा कार्यरत रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग पटक–पटक घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।













