१४ जेठ, अर्घाखाँची । आगमी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तिब्र पारिएको सरोकारवाले बताएका छन् ।
अर्घाखाँचीमा आयोजित कार्यक्रममा सरोकारवाहरुले दोस्रो चरणको निर्वाचनको तयारीलाई तीब्र पारिएको बताए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केशबप्रसाद बास्तोलाले निर्धारित समयमै दोस्रो चरणको निर्वाचन सम्पन्न गरिने बताए । उनले पहिलो चरणमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय १५ गतेबाट पुनः सञ्चालन गरिने जानकारी दिए ।
उनले पहिलो चरणको निर्वाचनमा मतगणना गर्न ढिलाइ भएको गुनासो आएको भन्दै जिल्लामा तीन दिन भित्रमा मतपरिणाम आउने गरी मतगणना गर्ने व्यवस्था मिलाउने बताए ।
प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले निर्वाचनको तयारीलाई तिब्र पारिएको बताए । पोख्रेलले निर्वाचनमा बिभिन्न संघ संगठनका पदाधीकारीलाई भने नखटाउने प्रष्ट पारे ।
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रदीप पौडेलले पालिकाका प्रमुखहरुको कार्यकक्षको व्यवस्था मिलाइएको बताए ।
प्रहरी नावय उपरीक्षक एकनारायण कोइरालाले मतदातालाई महशुस हुने गरी सुरक्षा प्रबन्ध मिलाइएको बताए ।
जिल्ला निर्वाचन अधिकृत महेश पाण्डेले निर्वाचनको तयारीलाई तिब्रता पारिएको भन्दै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताए ।