टीकापुर घटनाको मुद्दामा सुनुवाई प्रक्रिया सुरु

३० साउन ०७५, काठमाडौं । टीकापुर घटनाको मुद्दामा सुनुवाई प्रक्रिया सुरु भएको छ ।

बुधबारदेखि कैलाली जिल्ला अदालतमा घटनाको सुनुवाई प्रक्रिया सुरु भएको हो । पहिलो पेसीपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको भदौ २४ गते वादी र प्रतिवादीका साक्षीलाई बुझ्ने आदेश दिएका छन् ।

पहिलो पेसीमा पूर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्तहरुलाई अदालतमा झिकाइ दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश भएको शाखा अधिकृत नरबहादुर नेगीले बताए ।

टिकापुर घटनामा रेशम चौधरी र एक नाबालकसहित २६ जना विरद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा छ । उनीहरु पूर्पक्षका लागि थुनामा छन् ।

ती नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् भने रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोरमा राखिएको छ । अन्य २४ जना कैलाली कारागार छन् ।

थरुहट र थारुवान आन्दोलनको क्रममा ०७२ भदौ ७ मा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा हुँदा एक नाबालकसहित ७ प्रहरीको ज्यान गएको थियो ।

तपाइको मत