१३ कार्तिक ०८०, काठमाडौं । आजदेखि सुरु भएको टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै सुखद सुरुवात गरेको हो ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
नेपालले अर्को खेल मलेसियासँग खल्नेछ ।