नेपाल टेलिकमले केही समययता स्थगित गरेको ‘ब्यालेन्स ट्रान्सफर’ सेवा पुनः संचालनमा ल्याएको छ।
१० पुस, काठमाडौं ।
नेपाल टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीका अनुसार अब ब्यालेन्स ट्रान्सफर गर्दा १० रुपैयाँका लागि १० नै लेखे हुन्छ। ब्यालेन्स ट्रान्सफरका लागि *422*security code no*phone no* Rs# गर्ने (पठाउन चाहेकाे रकम रुपैयाँमै लेख्ने)। अाफ्नो सेक्युरिटी कोड थाहा पाउन scode लेखेर 1400 मा पठाउन सकिनेछ। यो सेवा जीएसएम प्रिपेड ग्राहकहरुका लागि उपलब्ध गराइएको तर यसबाट सीडीएमए प्रीपेड तथा पोस्टपेडमा पनि व्यालेन्स पठाउन सकिने सह प्रबक्ता अधिकारीले जानकारी दिए।
नयाँ सिस्टममा एक पटकमा १० रुपैयाँदेखि १०० रुपैयाँसम्म मात्र ब्यालेन्स पठाउन सकिन्छ। त्यस्तै कुनै एक नम्बरबाट ब्यालेन्स पठाउँदा दिनको पाँच पटक मात्र व्यालेन्स पठाउन सकिने अधिकारीले जानकारी दिए।