१० असार ०७५, सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आइतबार सप्तरीको सितापुरमा मोटरसाइकल दुर्घटनामा हुँदा मोटरसाइकल चालक ३५ वर्षीय गुणराज कटेलको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि बसेका ४० वर्षीय लालबहादुर तामाङ घाइते भएको र घाइते तामाङलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
रोकी राखेको स १ त ४४९३ न ट्रयाक्टरमा कटेल सवार अनटेस्ट लेखिएको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।