११ असार ०७४, काठमाडौं । निरन्तरको बर्षापछि खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टायता अवरुद्ध छ ।
हाल बिस्तारको क्रममा रहेको चार किलो, चोर खोला, सिमलटार, कालीखोला, लगायत स्थानमा पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । सो सडक खण्ड यसअघि पनि पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ ।
गत शुक्रबार कालीखोलामा खसेको पहिरोले प्रहरी सवार जीप बगाएर खोलामा खस्दा २ जना प्रहरीको मृत्यु भएको थियो । अन्य २ जना प्रहरी अझै हराइरहेका छन् । पटक–पटक खस्ने पहिरोले सो सडकखण्डमा जोखिम बढेको भन्दै सडक आयोजनाले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ । सडक बिस्तारका लागी पहाड खनिएसंगै पहिरो खस्ने क्रम पनि बढेको हो ।