डडेल्धुरामा आगलागी हुँदा १० पसल जलेर नष्ट

२३ पुस ०७५, काठमाडौं । डडेल्धुर जिल्लाको अमरगढीस्थित बसपार्कमा आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन् ।

अमरगढी– ५, बसपार्कमा आइतबार राति १२ बजे आगलागी हुँदा १० पसल पूर्ण रुपमा जलेको हो ।

जिल्ला प्रहरीका कार्यालय, डडेल्धुराका अनुसार आगलागीबाट बसपार्क पिपलचौतारीका तरकारी पसल, नास्ता पसल तथा माछा पसल जलेका जानकारी दिए ।

अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । त्यसका लागि झण्डै १ घण्टा लागेको प्रहरीले जनाएको छ ।

तपाइको मत