डा. गोविन्द केसीको विरोधमा निस्कियो जुलुस

२ साउन, काठमाडौं । डा. गोविन्द केसीको विरोधमा ‘नेपाल मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसन’को आहृवानमा राजधानीका चिकित्सक, विद्यार्थी लगायतको जुलुस निस्किएको छ ।

dr kc vs...

भृकुटीपण्डपबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलामा आएर समापन भएको थियो । सिमसिम पानीका बीच भएको प्रदर्शनमा सहभागीहरुले डा. केसीमाथिको राजनीति बन्द गर, स्वास्थ्य शिक्षा स्वदेशमै, मेडिकल कलेजका लागि न्याय जस्ता प्लेकार्ड बोकेका थिए ।

चिकित्सा शिक्षामा सुधार र अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बर्खास्त गर्न माग गर्दै डा. केसी एक सातादेखि आमरण अनसनमा बसिरहेका छन् । उनको स्वास्थ्य गम्भिर बस्दै गएपछि चिकित्सक, विद्यार्थीहरुले शनिबार प्रदर्शन गरेका थिए ।

आइतबारको प्रदर्शनमा सहभागी डा. भोला रिजालले डा. केसीले अस्पताल परिसरमा अनसन बसेेर अपराध गरेको आरोप लगाए । उनले केसीका मागहरु निजी क्षेत्र विरोधी भएको दाबी पनि गरे ।

तपाइको मत