डा. रामवरणले पाउने सुविधा कर्णालीका विपन्न र भुकम्प पीडितले पाउँछन त प्रधानमन्त्रीज्यू ?

१४ भदौ, काठमाडौं । ‘गणतन्त्र’ भनेको के पूर्व विशिष्ठका लागि राज्यकोषलाई दूहुनो गाई बनाउने हो ? पूर्वराष्ट्रपति डा. रामवरण यादवले के के योगदान गरेका थे ? पूर्व कांग्रेसी बाहेक उनको योगदानको चर्चाहोस न शहरमा !

surya

गणतन्त्रका पहिलो जननिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई ९ महिनामा डा. यादवले भारतको निर्देशनमा सत्ताच्यूत नगरेको भे अन्तरिम संविधान मिचिन्थ्यो ? त्यो संविधान नमिचेको भए कार्यकारी प्रधानमन्त्री सेरेमोनियल राष्ट्रपतिले आउट गर्ने गलत नजिर बस्थ्यो ? अहिले प्रचण्ड प्रम भए त उनको चलाखीपूर्ण योग्यताले भए हैन र ? तर, तिनै प्रचण्ड पूर्वराष्ट्रपतिको नाममा किन राज्यकोष बाँडछन मनपरी ?

पहिलो संविधानसभा बिनाकाम तुहाउन डा. रामवरणको नालायकी भुमिका कतै समिक्षित हुनुपर्दैन ? केवल उनको डेरा भाडा, खर्च राज्यले भरेर मात्रै हुन्छ ?

डा. रामवरणले पाउने सुविधा कर्णालीका विपन्न र भुकम्प पीडिले पाउँछन त प्रधानमन्त्रीज्यू ?

स्वदेश भन्दा विदेश, त्यसमा नी अमेरिकै उपचार हुनुपर्ने कस्तो क्यान्सर डा. रामवरणको मात्रै ? कति छन नेपालमा क्यान्सर पीडित ? तिनले यसको एक अंश पाउछन त प्रचण्ड सरकारबाट ?

डा. यादवले मधेश आनदोलनलाई घिऊ थप्न, भारतलाई नाकाबन्दीका लागि ग्राउण्ड तयार गर्न दिएको योगदानको पुरस्कार हो यो सहायता ?

यी र यस्ता प्रश्नहरु अब जन-जनबाट सोधियोस् । पंक्तिकारको पूर्ण सहमति व्यक्ति रामवरणको उपचारमा सहायताका लागि । तर, पूर्ण विमती र कटाक्ष यस्ता गणतान्त्रिक सेता हात्तिहरुको विपक्षमा । तपाईको के मत छ पाम । सदर बदर जनताले गर्लान । गणतन्त्र दुव्लाउदै, रोगउदै गाको रामवरणहरु प्रवृत्तिले हो, गणतन्त्रका हिमायतीहरुलाई समयमा नै चेतना भया ।

पंक्तिकारले अघि लेखेका छन्: 

देशले डा. चन्द्रमोहन जोशी, इन्जिनियर चन्द्रशेखर यादव र सुश्री अनिता यादवको पितालाई प्रथम गणतान्त्रिक राष्ट्रपति बनाको थियो हो ?
कि स्व.जुलेखा यादवकी पति पो बनेका थिए की नेपालका पहिलो नागरिक राष्ट्राध्यक्ष राष्ट्रपति ?

वा, थानी यादव र रामरति यादव दम्पत्तिका सुपुत्र हुन् त पहिलो नेपाली राष्ट्रपति ?

थाहा छैन, को थिए गणतन्त्र नेपालका पहिलो राष्ट्रपति – गणतन्त्रका विरोधीहरुलाई । तर जसले त्यो बेला कमल थापाहरुको सरकारको गोली खाएर लडेका थिए, दुर्जकुमार राईहरुको निशाना थापेर ‘गणतन्त्र जिन्दावाद’ भनेका थिए, ती चाहिं जान्दछन् देशले पहिलो नागरिक राष्ट्रपति बनाका थिए ।

तर, के त्यो पदीय उचाईमा फिट एण्ड फाइन र काविल सावित भए त रामवरण यादव अर्थात् देशका प्रथम गणतन्त्रका शिखर धरोहर ? नेपालको गणतन्त्रमा किन धमिरा लागो र यो किन रोगाउँदै कुपोषण लागेको बालक झैं भैरहेको छ भन्ने अनेक कारक र कारण मध्येका एक हुन् उनै डा. रामवरण यादव । उनी अहिले मगन्ते भएर भीख मागिरहेका छन सरकारसँग । अनि क्रान्तिकारी प्रधानमन्त्री प्रचण्ड दिइरहेका छन् एक चुटकीको निर्णयमा तिनै डा. रामवरण यादवलाई लाखका लाख, उपचार सहयोग ।

प्रचण्डको दस्तखतले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च प्राप्त भइसक्यो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई क्यान्सर भाकाले थप उपचारका लागि उनी अमेरिकै जानुपर्ने रे । अमेरिका जाने खर्च सरकारले नै व्यहोर्नु पर्ने रे । कुरो क्लियर छ । डा. यादवको निजी सचिवालयका अनुसार यादवको सेप्टेम्बर तेस्रो हप्ता हेनरी फोर्ड सेन्टरमा उपचार हुनेछ ।

थप कुरो, पूर्व राष्ट्रपति यादवको उपचारका लागि सरकारले थप ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । यो रकम पेश्की मात्र हो । र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ ।

डा. यादवलाई सरकारले दान गरेको यो दोस्रोपल्ट रैछ । यसअघि भारतमा उपचार गराउन जाने क्रममा पनि सरकारले १० लाख रुपैयाँ देको रे । तर नेहरु अस्पतालले निःशुल्क उपचार गरिदिएको थियो रे । उक्त अस्पतालको शिक्षण अस्पतालमा यादव आफैंले अध्ययन गरेका थिए रे ।

सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिने प्रचण्डसत्ताको लिखत भा’रछ । साथमा उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारीे निर्णय भा’रछ ।

दिने गणतन्त्रका लागि जीवनभर लडेका प्रचण्ड, लिने गणतन्त्रकै पहिलो राष्ट्रपति । अझ प्रचण्डै थे क्यार पहिलो गणतान्त्रिक प्रधानमन्त्री पनि । यसमा मन दुखाई नगरौं । तर पनि प्रचण्ड वा सरकार जवाफ देऊ :

एउटा छोरो डाक्टर, अर्को छोरो इन्जिनियर अनि उनैलाई चाहिने राज्य कोषकै ३ करोड ? हो हजुर मगन्ते क्लासले जुनसुकै हालतमा मागेरै बस्छ भन्ने उदाहरण यही नै हो ।

सूर्य खड्का ‘प्रतिपक्ष’ ले माइसंसार डटकममा लेखेका छन् ।

 

तपाइको मत