अनेरास्ववियुले नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउन माग गर्दै स्नाकोत्तर तह उत्तिर्ण गरेकालाई १० लाख, स्नातक तह उत्तिर्ण गरेकालाई ७ लाख र उच्च माध्यामिक तह उत्तिर्ण गरेकालाई ५ लाख ऋण सुविधा उपलब्ध गराउन प्रस्ताव गरेको छ ।
अनेरास्ववियुकी अध्यक्ष लामाको नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँगको भेटमा आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २५ प्रतिशत रकम छुट्याउन माग गरेका छन् ।
जवाफमा अर्थमन्त्री विष्णु पौडेलले अनेरास्ववियुले पेश गरेका माग जायज भए पनि सम्बोधन हुन्छ भनेर आस्वस्थ पार्न नसक्ने बताए ।