१८ साउन ०७७, काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँले मूल्य बृद्धि गरिएको जानकारी दिए ।
मूल्य वृद्धिसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको प्रतिलिटर ९० रुपैयाँ साथै पेट्रोलको मूल्य १ सय ४ रुपैयाँ पुगेको छ ।
यस्तै निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत् रहेको बताएको छ ।
गत असार २६ गते डिजेल, पेट्रोल र मट्टीतेलमा १/१ रुपैयाँ मूल्य बढाएको निगमले अगस्ट १ तारिखमा भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलियम पद्धार्थको मूल्य बढेर आएकाले मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बद्धि गरिएको बताएको छ ।