डीएसपी दासलाई बढुवाको फुली लगाउने बाटो खुल्यो !

१९ साउन ०७४, काठमाडौं । सर्वोच्चले निलम्बन नगर्न अन्तरिम आदेश दिएसँगै डीएसपी सन्जिव शर्मा दासलाई बढुवाको फुली लगाउने बाटो खुलेको छ ।

प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको इजलाशले डीएसपी दासलाई निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै बढुवाको फुली लगाउने बाटो खुलेको  हो ।

गृहमन्त्री जनार्दन शर्माको आदेशमा डीएसपीबाट एसपीमा हालै बढुवा भएका दासलाई निलम्बन गरिएको थियो ।

पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस-१ सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लागेका डीएसपी दासलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी अनुसन्धान थालेको थियो ।

 

तपाइको मत